राष्ट्रिय भूमि आयोगले भन्यो– भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाऊ

Yangle News
Yangle News
२०७९ मंसिर १६ गते
राष्ट्रिय भूमि आयोगले भन्यो– भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाऊ

काठमाडौं- राष्ट्रिय भूमि आयोग काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन भनेको हो।

आयोगले भनेको छ, ‘लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ ।’

आयोगले सुकुम्बासीको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल संचालन गर्ने गरी आवश्यक तयारी गर्न र लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि नहटाउन भनेको हो।

Yangle News

 

289 views