मकवानपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Yangle News
रासस
२०७९ मंसिर १४ गते
मकवानपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मोटरसाइकल चालक  वकैया–५  श्रीपुर बस्ने  २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो । दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि  हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उहाँको मृत्यु भएको बताइएको छ ।