काठमाडौं – काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिन भित्र हटाउन निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन भनेको हो ।
३५ दिनभित्र अवैध संरचना नहटाए आफै हटाउने र हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थालाई तिर्न लगाउने चेतावनीसमेत दिएको छ । काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न अवैध संरचना हटाउन थालिएको प्राधिकरणले जनाएको छ ।