विश्वकप फुटबलमा अन्तिम १६ का दुई खेल तय

Yangle News
Yangle News
२०७९ मंसिर १४ गते
विश्वकप फुटबलमा अन्तिम १६ का दुई खेल तय

फिफा विश्वकप कतार २०२२  अन्तिम १६ का दुई वटा खेल तय भएका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै नकआउट चरणको समीकरण बन्न थालेको हो ।

समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २-० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको छ । यस्तै सेनेगलले इक्वेडरलाई २–१ गोलले हराएर समूह ‘ए’ को उपविजेता बन्यो । सेनेगलको ६ अंक छ ।

यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० गोलले हरायो । इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो ।

यो समूहमा अमेरिका इरानलाई हराउँदै नकआउट चरणमा पुग्न सफल भयो । अमेरिकाको ५ अंक छ । अब अन्तिम-१६ मा नेदरल्यान्ड्सले अमेरिकासँग डिसेम्बर ३ मा तथा इंग्ल्यान्डले सेनेगलसँग डिसेम्बर ५ मा खेल्नेछ ।

291 views