डिजिटल प्रविधिबाट नेकपा (एमाले) को चुनावी घोषणा पत्र सार्वजनिक

Yangle News
Yangle News
२०७९ कार्तिक १५ गते
डिजिटल प्रविधिबाट नेकपा (एमाले) को चुनावी घोषणा पत्र सार्वजनिक

नेकपा (एमाले) ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले हात स्क्यान गरेर डिजिटल रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

एमालेले २० वटा ग्यारेन्टी आफ्नो घोषणा पत्रमा राखेको छ। घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणापत्रको मुलमन्त्र

एमालेको घोषणापत्रको मुलमन्त्र ‘वलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र ’ रहेको छ । जसमा चार संकल्प सुशासन, विकास सम्मृद्धि र समानता रहेका छन् ।  त्यस्तै एमालेले नागरिक प्रशासनलाई सक्षम बनाउने, सबै नागरिकलाई एक महिनाभित्र बंशजका आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकता समस्या समाधान  गरिने उल्लेख छ ।

त्यस्तै एमालेले सम्मृद्धिको अभियानमा बाधक रहेका नीतिहरू सुधार गर्ने जनाएको छ । असक्षम संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाउने, नागरिक प्रशासनलाई सक्षम र जनताप्रति उत्तरदायी बनाउने घोषणा तथा परिचयपत्रको व्यवस्था पनि गरेको छ ।