संघीय संसदका दुवै सदनको बैठक आह्वान

Yangle News
Yangle News
२०८३ बैशाख २२ गते
संघीय संसदका दुवै सदनको बैठक आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २८ गते दिउँसो २ बजे बस्नेगरी राष्ट्रपतिबाट बैठक आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रपतिले आह्वान गरिसकेको बैठक स्थगित गरिएको थियो । बैठक स्थगित गरेर सरकारले आठवटा अध्यादेश ल्याएको थियो । ती सबै अध्यादेशहरू जारी भइसकेपछि संसद अधिवेशन आह्वान भएको हो । सरकारले संसद छलेर अध्यादेशबाट शाशन गर्न खोजेको भन्दै विपक्षी दलहरूले आलोचना गरिरहेका छन् । उनीहरूले तत्काल संसद बोलाउन दबाब बढाएका थिए ।

विज्ञप्ति :

Yangle News