नारायणी नदीको भंगालोमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु

Yangle News
Yangle News
२०७९ कार्तिक १५ गते
नारायणी नदीको भंगालोमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु

काठमाडौँ । पश्चिम नवलपरासीमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका ४ नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो ।

घटनामा थप दुई जना घाइते भएका छन् । डुंगा पल्टिँदा सुस्ता गाउँपालिका ४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो ।

274 views