काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को महासचिवमा पुनः सी जिनपिङ चुनिएका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार योसँगै उनले आइतबार आफ्नो नयाँ टिम सार्वजनिक गरेका छन् ।
सीपीसीको निर्णय गर्ने सर्वोच्च निकाय पोलिटब्युरोको स्थायी समिति हो । सात सदस्यीय उक्त समितिमा सीले आफ्ना नजिक भएकाहरूलाई मनोनित गरेका छन् ।
स्थायी समितिमा ली छियाङ, ली सी, दिङ सेउसियाङ, काइ छी, वाङ हुनिङ, झाओ लेजी छन् । सीले आइतबार ग्रेट हल अफ द पिपलले नयाँ स्थायी कमिटी सदस्यलाई प्रेससमक्ष प्रस्तुत गरेका थिए ।
यो सँगै सी थप पाँच वर्षका लागि चीनको राष्ट्रप्रमुख हुने बाटो खुलेको छ । उनी अब चीनमा तेस्रोपटक राष्ट्रपति बन्ने भएका छन् । यस अघि सीपीसीका संस्थापक नेता माओत्सेतुङ मात्रै तीनपटक राष्ट्रपति बनेका थिए ।