काठमाडौं । प्राकृतिक विपद्को यस संवेदनशील समयमा विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहनेहरूलाई आइएमई मार्फत नेपालमा निःशुल्क पैसा पठाउन सकिने भएको छ।
विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाममा विभिन्न बैंकमा रहेका खातामा आइएमई मार्फत सिधै निशुल्क रकम जम्मा गर्न सक्नेछन् । यस सुविधाले विदेशबाट पठाइएको सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त गर्न सहयोग पुग्नेछ।
नेपालभित्रबाट समेत खल्ती बाइ आइएमई मार्फत समेत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने छ।