सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कार्यक्रम गरि लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको जानकारी गराएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५\५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएकोले १० वर्षमा एक पटक नवीकरण गरे हुनेगरी तयारी थालेको बताएका छन् । हाल सवारी लाइसेन्स नवीकरणको अवधि ५ वर्षको रहेको छ ।
नवीकरणको समयावधि बढाएर राहदानी (पासपोर्ट) कै अवधि बराबर लाइसेन्सको नवीकरण अवधि पनि १० वर्ष पुर्याउन लागेको हो । यसले सेवाग्राहीलाई थप सुविधा पुग्ने मन्त्री ज्वालाको भनाइ छ ।