नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

Yangle News
Yangle News
२०७९ अशोज २७ गते
नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

संयुक्त राष्ट्र संघ महासभाले युक्रेनका ४ क्षेत्र गाभ्ने रुसी प्रयासको आलोचना गरेको छ । बुधबार महासभामा भएको मतदानमा नेपालसहित १४३ देशले रुसी कदमको निन्दा गर्ने संकल्प प्रस्तावमा मतदान गरेका हुन् । चीन, भारतलगायतका ३५ देश भने मतदानमा अनुपस्थित रहेका थिए ।

रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान, बांग्लादेश, मालदिभ्स र भुटानले रुसी कदमको भर्त्सना गरेका छन् भने श्रीलंका र पाकिस्तान पनि मतदानमा अनुपस्थित भएका थिए ।

उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन।

बुधबार महासभाबाट अत्यधिक बहुमतले पारित भएको संकल्प प्रस्तावमा अन्तर्राष्ट्रिय समुदायलाई कुनै पनि रुसी कब्जालाई मान्यता नदिन आह्वान गरिएको छ । साथै युक्रेनी भूभाग उसैको जिम्मामा छाड्न पनि सदस्य राष्ट्रहरूले माग गरेका छन् ।

295 views