नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सचिव पदबाट पार्टीले निलम्बन गरेको छ । आज एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई निलम्बन गरेको जनाएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउपुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरिएको हो ।
राज्यले गरिरहेको अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही प्रकरणमा मुछिएङ्का उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
मंगलबार बसेको एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो ।