पहिलो अर्बपति फुटबलर बने रोनाल्डो

Yangle News
Yangle News
२०८२ अशोज २४ गते
पहिलो अर्बपति फुटबलर बने रोनाल्डो

पोर्चुगलका विश्वचर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो अर्बपति फुटबलर बनेका छन् । रोनाल्डो एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो फुटबलर बनेका हुन् ।

३९ वर्षीय पोर्चुगिज फरवार्ड उनले आफ्नो सम्पत्ति क्लबका सम्झौता, प्रायोजन सम्झौता र विभिन्न व्यवसायिक गतिविधिबाट उक्त रकम बराबरको सम्पत्ति आर्जन गरेका हुन् । उनी साउदी अरबको अल नासर क्लबबाट खेल्दै, विभिन्न प्रायोजन र व्यवसायिक गतिविधिबाट पनि ठुलो आम्दानी गर्छन् । सामाजिक सञ्जालमा ठुलो प्रभाव भएको रोनाल्डोको इन्स्टाग्राममा ६० करोड फलोअरहरू छन् ।

इतिहासमै पहिलोपटक आफ्नो खेलजीवनको करिअरबाट उनले एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पति कमाउने फुटबलर बनेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार रोनाल्डोले विश्व खेल इतिहासमा नयाँ कीर्तिमान र मानक स्थापित गरेका हुन् । उनको सम्पति १.४ अर्ब अमेरिकी डलर पुगेको छ ।

रोनाल्डोले आफ्नो खेल करिअरमा म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस जस्ता शीर्ष क्लबहरूबाट पाएको कीर्तिमानी पारिश्रमिकका साथै हाल साउदी अरबमा पाएको सर्वाधिक ठुलो र कीर्तिमानी सम्झौता पनि आम्दानीको हिस्साका रुपमा रहेका छन् ।

Yangle News

मैदानबाहिरको उनको आम्दानी पनि उनको अर्बपतित्वमा ठूलो कारण बनेको छ । उनीसँग नाइकीको आजीवन प्रायोजन सम्झौता छ, र उनी आफ्नै सीआर ७ ब्रान्डका मालिक समेत हुन् । जसअन्तर्गत कपडा, परफ्युम, चश्मा, जिम र होटलसम्ममा लगानि विस्तार गरिएको छ ।

उनको सामाजिक सञ्जालमा पनि ठुलो प्रभाव रहेको छ । इन्स्टाग्राममा मात्र ६० करोडभन्दा बढी फलोअर छन्, जसका कारण उनले विश्वमै सबैभन्दा महँगा प्रायोजित पोस्टहरूबाट ठूलो आम्दानी गर्छन् ।

फोर्ब्सको रिपोर्टअनुसार, रोनाल्डोको खेलमैदानभित्र र बाहिर दुवैबाट भएको कुल आम्दानी एक अर्ब डलर पार गरिसकेको छ, जसले उनलाई यो स्तरमा पुग्ने पहिलो सक्रिय फुटबलर बनाएको छ । उनका दीर्घकालीन प्रतिद्वन्द्वी लिओनेल मेसी विश्वका सबैभन्दा बढी कमाउने खेलाडीहरूमा परे पनि, उनको कुल आम्दानी यो स्तरमा पुगेको छैन ।

रोनाल्डोले सन् २०२२ मा अल नासरमा सरेपछि उनको आम्दानी र प्रभाव दुवै अझ विस्तार भएको छ । उनले आफ्नो फुटबल करिअरमा विश्वकपबाहेक अधिकांश महत्वपूर्ण उपलब्धिहरु हासिल गरिसकेका छन् ।

Yangle News