एन्फाको ताला खुल्यो, कार्तिक १३ गते कार्यसमिति बैठक

Yangle News
Yangle News
२०८३ कार्तिक ११ गते
एन्फाको ताला खुल्यो, कार्तिक १३ गते कार्यसमिति बैठक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरुले लामो समयदेखि बन्द रहेको एन्फाको ताला खोलेका छन् ।

ठप्प रहेको फुटबल क्षेत्रलाई पुनः चलायनमान बनाउन भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरुले सातदोवाटोस्थीत एन्फाको ताला खोलेका हुन् । साथै उनीहरुले आगामी कार्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन् । एन्फाको विधान अनुसार २१ दिन अघि एकतिहाइ बढी सदस्यहरुले एन्फा कार्यसमितिको बैठक आह्वान गर्न माग गर्दा पनि बैठक आह्वान नभएपछि २२ औं दिनमा एन्फा कार्यालयको ताला खोल्दै बैठक बस्ने बिषयमा छलफल भएको एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिनुभयो ।

Yangle News

एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथै कार्तिक १३ गते बैठक बस्ने उहाले बताउनुभयो ।

उहाँले १३ गतेको कार्यसमितिको बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव तथा अन्य सबै कार्यसमिति सदस्यहरूलाई उपस्थित भई नेपाली फुटबलको निकासका लागि एक ठाउँमा बसेर निर्णय गर्न आग्रह गर्नुभयो । बैठकको मुख्य उदेश्य कसैलाई हटाउने वा निषेध गर्ने नभई, नेपाली फुटबलको अवरोध र प्रतिबन्ध हटाएर यसलाई निकास दिनु रहेको उहाको भनाइ छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले निलम्वन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ ।