प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गरी धम्क्याउने युवक पक्राउ

Yangle News
Yangle News
२०८३ जेष्ठ २ गते
प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गरी धम्क्याउने युवक पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फोन गरेको भन्दै दैलेखका एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ वीरेन्द्रचोक घर भई अहिले काठमाण्डौ बस्ने २२ वर्षीय खड्का पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर अमर्यादित भाषामा धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजै विज्ञप्ति निकालेर खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिएको जनाएको थियो । खड्काले ‘एउटा सिफारिस’ पत्र बनाइदिन भन्दै शुरूमा आग्रह गरेका थिए । भण्डारीले प्रक्रियाअनुसार हुने बताएपछि उनले अपशब्द बोलेका थिए ।

प्रधानमन्त्री कार्यालयको पत्र :

Yangle News