सरकारको निर्देशन- ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्नू

Yangle News
Yangle News
२०८३ बैशाख २२ गते
सरकारको निर्देशन- ट्रेड युनियनका सबै कार्यालय तत्काल बन्द गर्नू

सरकारले ट्रेड युनियनका विभागी तथा अन्य समितिका कार्यालहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ परिपत्र जारी गर्दै सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा निकायहरूमा ट्रेड युनियनका सबै कार्यालयहरू बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका विभागी तथा अन्य समितिका कार्याल बन्द गरी उक्त समिति र समितिमा आवद्ध कर्मचारीहरूले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारीसाधनलगायत अन्य सेवा सुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयले फिर्ता लिन निर्देशन दिएकाे छ । साथै मन्त्रालयले ट्रेड युनियनका विभिन्न समितिमा आवद्ध कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको जिम्मेवारीमा फर्कन पनि निर्देशन दिएकाे छ ।

‘निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियनसमेत) का विभागीय तथा अन्य समितिका कार्यालयहरू बन्द गरी उक्त समिति र समितिमा आवद्ध रहेका कर्मचारीहरूले ट्रेड युनियनको प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधन लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयले फिर्ता लिई ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आवद्व भएका कर्मचारीहरूलाई तोकिएको दरवन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनु हुन मिति २०८३/०१/२२ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएकाे छ ।

पत्र :

Yangle News