प्रधानमन्त्री शाहलाई हर्क साम्पाङको प्रश्न- पत्रकारहरूको उत्तर दिने गर्नु पर्दैन ?

Yangle News
Yangle News
२०८३ बैशाख २२ गते
प्रधानमन्त्री शाहलाई हर्क साम्पाङको प्रश्न- पत्रकारहरूको उत्तर दिने गर्नु पर्दैन ?

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई विभिन्न प्रश्न सोधेका छन् । साम्पाङले लिपुलेक सीमा विवाद, सुकुम्बासी बस्ती र बजेट निर्माणका विषयमा प्रधानमन्त्रीलाई १० वटाभन्दा बढी प्रश्न सोधेका छन् ।

ती प्रश्न जनताको तर्फबाट भएको उनको भनाइ छ । उनले नेपालको भू-भाग लिपुलेकहुँदै भारतले कैलाश मानसरोबर जाने बाटो खोलिरहँदा के गरिराखु भएको थियो ? दार्चुलाको दुम्लिङसम्म बाटो पुराउन नसक्ने नालायक बनेर पारिपट्टी सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारैकिनार लगिरहँदा किन रोक्नु भएन ? भनी प्रश्न गरेका छन् ।

यसका साथै अब सो बाटो सम्पन्न गरेर नाका सञ्चालनको चरणमा पुगिसकेको योबेला एउटा कुटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै नपुग्ने उल्लेख गर्दै उनले सो विषयलाई संवादमा ल्याउन वार्ता टोली बनाएर वार्ता सुरु गर्नुपर्ने बताएका छन् । चीन, भारत, नेपाल र यूएनलाई राखेर चारै पक्षबीच वार्ता गरेर सीमा जोगाउनतिर लाग्न उनको सुझाव छ ।

खुलापत्र :

Yangle News