नेपाली सेनामा ४५ सय जना कर्मचारी माग (सूचनासहित)

Yangle News
Yangle News
२०८३ बैशाख १८ गते
नेपाली सेनामा ४५ सय जना कर्मचारी माग (सूचनासहित)

नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।

सूचनाअनुसार विभिन्न पदमा ४५ सय जना नयाँ कर्मचारी भर्ना गरिने छ । सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका अलोअर्स (ब.का.सि, सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना छनोट केन्द्रमा उपस्थित भएर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । आजदेखि नै दरखास्त खुला गरिएको र आगामी जेठ १६ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप अवधिमा पनि दरखास्त दिने मौका रहेको छ ।

सूचना :

Yangle News

Yangle News