जिल्ला प्रशासन कार्यालय काठमाडौंको ‘अत्यन्त जरुरी’ १३ बुँदे सूचना

Yangle News
Yangle News
२०८३ बैशाख १६ गते
जिल्ला प्रशासन कार्यालय काठमाडौंको ‘अत्यन्त जरुरी’ १३ बुँदे सूचना

सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने भएको छ । यसअघि, थापाथली, मनोहरा तथा गैरिगाउँका सुकुम्वासी बस्ती खाली गराएको सरकारले अब काठमाडौंका बाँकी क्षेत्रका बस्ती पनि खाली गराउने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै मानवीय रूपमा उद्धार गर्न एवं विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागेको जनाएको छ । ‘काठमाडौं जिल्लाभित्रका विभिन्न पालिकाहरूका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गासमेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका बस्तीहरू मानवीय रूपमा उद्धार गर्न एवं विपदको जोखिमसमेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्लाभरि मिति २०८३ वैशाख १८ गते बिहान ७:०० बजेदेखि एकैपटक विभिन्न स्थानहरूबाट सुरु हुनेछ,’ सूचनामा भनिएको छ ।

बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा बालबालिकालाई सुरक्षित स्थानमा सार्न, स्थानान्तरण कार्यमा प्रहरीको सहायता लिन, व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपन्छी चौपाया बाहिर निकाल्न कार्यालयले आग्रह गरेको छ ।

सूचना :

Yangle News

Yangle News