धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन माग

Yangle News
Yangle News
२०८३ बैशाख १५ गते
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन माग

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका निम्ति आवेदन खुलेको छ । अर्थ मन्त्रालयले मंगलबार (वैशाख १५) सूचना जारी गर्दै बोर्डको रिक्त अध्यक्ष पदपूर्तिका निम्ति आवेदन माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित व्यक्तिगत विवरण पेस गर्न भनिएको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा भुवन कुमार दाहाल छन् ।

प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन र छलफलपछि सिफारिस समितिले तीन उमेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गरी धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने छ ।

धितोपत्र बोर्डको अध्यक्ष पद गत वैशाख ४ गतेदेखि खाली छ । तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि यो पद रिक्त रहेको हो ।