सरकारले यात्रु तथा मालवाहक सवारी साधनको भाडा दर वृद्धि गरेको छ । सरकारले संघीय सडक (लामो दूरी) मा चल्ने यात्रु र मालवाहक सवारी साधनको भाडादर बढाएको हो ।
नेपाल यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत, मालवाहक सवारी साधन (पहाड) का लागि २१.६८ प्रतिशत, मालवाहक सवारी साधन तराईका लागि १५.७५ प्रतिशत भाडा वृद्धि भएको छ ।
सरकारले बढाएको भाडादर अन्तर प्रदेश सडकका लागि मात्र भएको जानकारी दिंदै यसकै आधारमा प्रदेशहरुले पनि भाडा समायोजन गर्ने जानकारी दिए । मध्यपूर्वमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पद्धार्थको अभाव र आपूर्ति प्रभावित भएको छ । भारतबाट निर्यात हुने पेट्रोलियम पदार्थ मूल्य बढेर आएका कारण सवारीभाडा समेत समायोजन हुनुपर्ने यातायात व्यवसायीहरुले माग गर्दै आएका थिए ।









