खाडीसहित मध्यपूर्वमा रहेका झन्डै ६६ हजार नेपालीको विवरण दर्ता

Yangle News
Yangle News
२०८२ फाल्गुन २८ गते
खाडीसहित मध्यपूर्वमा रहेका झन्डै ६६ हजार नेपालीको विवरण दर्ता

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता पोर्टलमा आजसम्म ६५ हजार ८ सय ८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको सन्दर्भमा नेपालीको उद्धार तथा सहायताका लागि विभागले फागुन १८ गतेदेखि यो पोर्टल सञ्चालनमा ल्याएको हो ।

अहिले पनि पोर्टलमा विवरण दर्ता गर्ने क्रम चलिरहेको विभागका महानिर्देशक दुपर्दा सापकोटाले जानकारी दिए । सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ले समस्यामा परेका नेपालीसँग सम्पर्क गर्न सम्बन्धित नियोगलाई निर्देशन दिएको छ ।

५ हजारभन्दा बढी नेपालीले समस्यामा परेको जानकारी गराएका छन् । मन्त्रालयले मध्यपूर्वमा रहेका सबै नेपाली नागरिकलाई संयमित, सचेत र सजग रही कानुनविपरीत फोटो, भिडियो तथा अडियो सामग्री रेकर्ड वा आदानप्रदान नगर्न आग्रह गरेको छ ।