राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता पनि चयन भएका छन् । आज रास्वपा केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
बैठकमा रास्वपा सभापति रवि लामिछानेले संसदीय दलको नेता चयनका लागि प्रस्ताव गरेका थिए । संसदीय दलको बैठकले सर्वसम्मत रुपमा शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । संसदीय दलको बैठकमा रास्वपा केन्द्रीय सदस्य पनि सहभागी रहेका थिए ।
यसअघि रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । केन्द्रीय समितिको निर्णयलाई संसदीय दलले पनि पारित गरेको हो ।