विश्वकप फाइनलमा अर्जेन्टिना भर्सेज फ्रान्स

Yangle News
Yangle News
२०७९ मंसिर २९ गते
विश्वकप फाइनलमा अर्जेन्टिना भर्सेज फ्रान्स

फिफा विश्वकप फुटबलको २२औं संस्करणको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । कतारमा जारी विश्वकप अन्तरगत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै साविकको विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

अर्जेन्टिना मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गर्दै फाइनलमा पुगेको थियो।
फाइनल डिसेम्बर १८ गते राति ८ः४५ बजे लुसेल आइकोनिक रंगशालामा हुनेछ ।

सन् १९८६ मा डिएगो म्याराडोनाको नेतृत्वमा दोस्रो पटक विश्वकप जितेको अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ । अर्कातिर, २०१८ को विश्वकप जितेको फ्रान्स तेस्रो पटक विश्वकप उपाधि जित्ने योजनामा छ ।

690 views