कांग्रेसको १५औं महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक

Yangle News
Yangle News
२०८२ चैत्र १० गते
कांग्रेसको १५औं महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्रस्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित कार्यतालिकाअनुसार देशैभरका ६ हजार ७४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन हुने पार्टीका सभापति गगनकुमार थापाले जानकारी दिनुभयो । त्यसैगरी, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ ।

साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते हुनेछ ।

यो कार्यतालिका पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सभापति थापाले बताए ।

Yangle News