काभा यू-१९ महिला भलिबल च्याम्पयनसीपमा नेपाल उपविजेता

Yangle News
Yangle News
२०८२ कार्तिक २३ गते
काभा यू-१९ महिला भलिबल च्याम्पयनसीपमा नेपाल उपविजेता

किर्गिस्तानसँग पराजित भएपछि नेपाल काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा ​उपविजेता बनेको छ ।

श्रीलङ्काको कोलम्बोमा आज भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको हो। पहिलो सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा किर्गिस्तानले नेपाललाई २०-२५ ले हराउँदै १-१ को बराबरमिा पुरयायो। तेस्रो सेट किर्गिस्तानले पुन २५-२१ ले आफ्नो पक्षमा लियो । चौथो सेटमा नेपालले २५-१३ ले कब्जा गरेपछि खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं तथा निर्णायक सेटमा नेपाल १५-११ ले पराजित भएपछि उपाधि किर्गिस्तानले जितेको हो ।

समूह चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३-२ ले नै पराजित भएको थियो । नेपालले श्रीलंकालाई समूह चरणमा तथा माल्दिभ्सलाई समूह चरण र सेमिफाइनल हराएको थियो । च्याम्पियनसिपमा ४ टोलीको सहभागिता थियो ।

आजै भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै आयोजक श्रीलङ्काले तेस्रो स्थान हात पारेको छ ।