भोलिदेखि अनिश्चितकालका लागि आधा सिलिन्डर ग्यास बिक्री वितरण हुने भएको छ। नेपाल आयल निगमले आज सूचना जारी गरेर एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्नका लागि उक्त व्यवस्था गरिएको जनाएको छ ।
भोलिदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रतिसिलिण्डर आधा मूल्य ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको निगमले जनाएको छ । निगमले एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास उपलब्ध गराउन उक्त निर्णय गरेको उल्लेख गरेको छ ।
निगमले नियमित रूपमा मागअनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए तापनि विगत दुई/तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको निगमले जनाएको छ ।
विज्ञप्ति :