आइसीसी टी–२० विश्वकप : न्युजिल्याण्ड उपाधिनजिक

Yangle News
Yangle News
२०८२ फाल्गुन २१ गते
आइसीसी टी–२० विश्वकप : न्युजिल्याण्ड उपाधिनजिक

दक्षिण अफ्रिकालाई हराउँदै न्युजील्यान्ड आईसीसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको इडेन गार्डेनमा भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको हो ।

फिन एलेनको सानदार शतकमा न्युजिल्यान्डले १६९ रनको लक्ष्य १२ दशमलव ५ ओभरमा भेट्टाएको हो । विश्वकपको १०औँ संस्करणमा सबैभन्दा कम बलमा शतकको रेकर्ड एलेनले बनाएका छन् । उनले ३३ बलमा १० चौका र ८ छक्का प्रहार गर्दै शतकीय पारी खेले । ओपनर टीम शेफर्टले ५८ रन बनाएका थिए । रचिन रविन्द्रले १३ रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाका लागि मार्को यान्सनले सर्वाधिक ५५ रन प्रहार गरे । डेवाल्ड ब्रेभिसले ३४ रन बनाए । यस्तै ट्राइस्टन स्टब्सले २( रनको योगदान गरे । एडन माक्र्रमले १८ रन जोडे । क्विन्टन डी कक १० रनमा पेभिलियन फर्किए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डका लागि म्याट हेनरी र कोल मेकोनी र रचिन रविन्द्र समान २ विकेट लिए । कोलले १ ओभरमा ९ रन दिएर २ विकेट लिएका थिए । हेनरीले ४ ओभरमा ३४ रन खर्चिँदै २ विकेट लिए । यस्तै रचिन रविन्द्रले ४ ओभरमा २९ रन खर्चिँदै २ विकेट लिएका थिए । लकी फर्गुसनले १ विकेटका लागि २९ रन खर्चिए भने जेमी निशमले १ विकेटका लागि ४२ रन खर्चिए ।

दक्षिण अफ्रिका भने हारसँगै विश्वकपबाट बाहिरिएको छ । यस संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा दक्षिण अफ्रिकाले सात खेल खेल्यो । जसमा टिमले सबै खेलमा जित हासिल गरेको थियो ।

अब न्युजील्याण्डले आज साँझ ७ बजे भारत र इंग्ल्याण्डबीच हुने दोश्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइनल आगामी आइतबार अहमदाबादमा हुने तालिका छ ।