राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बुधबार अपराह्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकी हुन् ।
प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् । बिहीबार प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, बुधबार दिउँसो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि चुनावी तयारीबारे छलफल भएको थियो । बैठकमा निर्वाचन तयारी, शान्ति सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।
सरोकारवाला निकायबाट निर्वाचन तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्री कार्की शीतलनिवास पुगेकी हुन् । निर्वाचनको तयारीसँगै समसामयिक राजनीतिक अवस्थाबारे पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच छलफल भएको जनाइएको छ ।