उम्मेदवारहरुलाई आयोगको आग्रह- फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउनुस्

Yangle News
Yangle News
२०८२ माघ २९ गते
उम्मेदवारहरुलाई आयोगको आग्रह- फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउनुस्

निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र फागुन ३ गतेभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगको माघ २७ गतेको निर्णयअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई शाखा अधिकृत (कानुन)अरुण अधिकारीले पत्राचार गरेका हुन् । आयोगले सबै प्रदेश/जिल्ला निर्वाचन कार्यालयलाई प्राप्त घोषणापत्रको अभिलेख राखी विवरण आयोगमा पठाउन पत्राचार गरेको हो ।

यसैगरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन पनि आयोगले आह्वान गरिएको पत्रमा उल्लेख छ । आयोगले यसअघि नै सबै राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न पत्राचार गरेको थियो ।