दुर्गा प्रसाईँ पोखराबाट पक्राउ

Yangle News
Yangle News
२०८२ माघ ५ गते
दुर्गा प्रसाईँ पोखराबाट पक्राउ

मेडिकल व्यवसायी एवं नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको हो ।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । साइबर ब्युरोको पत्रका आधारमा प्रसाईँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।