अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत योजना कार्यान्वयन निर्देशनालय अनामनगरमा छापा मारेको छ ।
डीआई (डक्टाइल आयरन) पाइप खरिदमा अनियमितता भएको भन्ने सूचना र उजुरी प्राप्त भएपछि आयोगको टोलीले मंगलबार निर्देशनालयमा छापा मारेको हो । सो क्रममा खरिदसम्बन्धी कागजातहरू नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार खरिद प्रक्रिया पारदर्शी नभएको र आन्तरिक मूल्याङ्कनमा त्रुटि भएको भन्ने गुनासोपछि प्रारम्भिक चरणमै छानबिन अघि बढाइएको हो ।