डा. बिनोद ढकाल (विधा)
प्याथोलोजिस्ट
साएदै शरिरमा यस्तो कुनै स्थान हुन्छ जहाँ गिर्खा नआओस् । शिर, पाउ, नितम्भ, पेट कुनै ठाउँ अछुतो छैनन् गिर्खाकालागि । आफ्नो शरिरमा गिर्खाको उपस्थिती हामी आफैलाइ पनि थाहा नहुन सक्छ । शरिरका बाहिरि भागमा मात्र नभएर शरिर भित्रका अङ्ग प्रत्याङ्गमापनि आउनसक्छन् गिर्खाहरु । अझ त्यसमाथि कालो टिलिक्क टल्कने कोठी त प्राय मानिसहरुमा हुन्छन् । कोठी कालो, खैरो, रातो, निलो, गुलाबी रङका हुन सक्छन् । शरिरमा पाइने साना ठुला गिर्खाले मानिसलाइ असजिलो महसुस गराउनसक्छ । नराम्रो गिर्खाले शरिरलाइ हानी गरेर असजिलो त गर्छ गर्छ तर त्यती हानी नगर्ने गिर्खालेपनि शरिरमा देखिने ठाउँमा भएर कस्मेटीक कारणले असहज गर्न सक्छ । आफ्नो रुपमा बढी संकाहुनेहरुलाइ त झन् समस्या पारेको हुन्छ ।
गिर्खा सामान्यतया बिनाइननै हुन्छन् । बिनाइन भन्नाले क्यान्सरको कमसल स्वरुप हो । क्यान्सर सामान्यतया दुई भागमा बिभाजित गर्न सकिन्छ । बिनाइन र म्यालिग्नेन्ट । म्यालिग्नेन्ट भन्नाले घातक, शरिरलाइ हानि गर्न सक्ने खालका भन्ने बुझिन्छ । शरिरको प्रकृतिक बनाओट अत्यन्त सुन्दर छ । क्यान्सर बन्नपनि क्यान्सर कोशिकाहरुले अत्यन्त कडा मेहेनत गरेका हुन्छन् । कमसेकम सात आठ वटा शरिरलाई सुरक्षा गर्न खटिएकाको बिरुद्यमा गएर जीत हासिल गर्नपर्छ उनीहरुलाइ । बनिसकेपछिपनि ऊ आफु बनेको ठाउँलाइ छिचोलेर अर्का ठाउँ जानपर्छ तबमात्र ऊ सजिलै शरिरलाइ हानिगर्न सक्ने हुन्छ । त्यसकारण सबै मानिसहरुलाइ क्यान्सर हुदैन । नत्रभए प्रत्यक मिनेट लाखौ कोशिकाहरु क्यान्सरमा परिणत भइरहेकाहुन्छन् हाम्रो शरिरमा ।
महिलाहरुमा सामान्यतया गिर्खा आउने महत्वपुर्ण स्थान स्तन हो । हरेक उमेर समुहका महिलाहरुलाइ स्तनमा गिर्खा आउन सक्छ । किशोरी नवयौवना नारिहरुलाइ कम हानिकारक गिर्खा आउनसक्छ जसमध्य प्राय देखिने भनेको फाइब्रोएडिनोमा (मेडिकल शब्द) हो । यो तीस बर्षभन्दा कम उमेरका महिलाहरुलाइ आउन सक्छ । यो एक सेन्टीमिटरदेखि दस सेन्टिमिटर भन्दा ठुलो हुनसक्छ । सामान्यतया समात्न खोज्दा चिप्लने हुनाले यसलाइ स्तनको मुसा (बे्रस्ट माउस) भन्ने गरिन्छ । यसले सामान्यतया हानी नगर्ने भएपनि कालान्तरमा क्यान्सरमा रुपान्तरण हुन सक्ने सम्भावना भएकाले साथै कसमेटिक कारणलेपनि यो गिर्खाको अपरेसन बिरामीहरुले गर्ने गरेको पाइन्छ । सल्यक्रिया गरिसकेपछि यो गिर्खा सामान्यतया निको हुन्छ ।
यस्तै उमेर समुहमा आउने स्तनको गिर्खा भनेको स्तनपान गराइरहेका महिलाहरुलाइ दुध जमेर वा दुध जमेका कारणले सङ्क्रमण भएर बन्ने गिर्खाहरु हुन् । सामान्यतया यस्ता गिर्खाहरु रातो, छाम्दा तातो, छुदा दुख्ने खालका हुन्छन् । यस्तो गिर्खालाइ सानो सुइ हालेर भएको पिप निकाली यान्टिबायोटिक औषधी खाएर उपचार गर्न सकिन्छ । अन्य अवस्थाका सङ्रक्रमणका कारणले पनि गिर्खा आउन सक्छ । सङ्रक्रमण हँुदा गिर्खा देखिन, छामिन सक्नुका साथै सेतो बाक्लो निप्पल स्राव हुनेपनि गर्दछ । सङ्रक्रमण किटाणु (ब्याक्टेरिया)का कारणले हुने गर्छ । समयमै उक्त समस्याको सामाधान नभए सङ्रक्रमण स्तनभरि फैलन सक्छ । उस्तैखाले समस्या फेरि घातक क्यान्सरमा पनि देखिने कारणले कहिलेकाहि डाक्टरहरुलाइ समेत यस्तो समस्याले झुक्काइदिने गर्छ । यस्तै भुक्काइदिने समस्या बोसो मर्दापनि हुन्छ जसलाइ मेडिकल शब्दमा फ्याट नेक्रोसिस भन्ने गरिन्छ । फ्याट नेक्रोसिस कुनै स्तनको सल्यकृया या आघातले गर्दा हुन्छ ।
उमेर ढल्कदै गइसकेपछि घातक क्यान्सर हुने सम्भावना बढि हुन्छ । हुनत आजकाल सानै उमेरदेखिनै क्यान्सर संका गर्नपर्ने भइसकेको छ । तीस बर्षभन्दा कम उमेरका महिलाहरुलाइ पाँच प्रतिसत भन्दा कम स्तन क्यान्सर हुने सम्भावना छ । यसको कारण हाम्रोमा प्रयोग हुने विसाक्त खानपान र बिकिरणको प्रभाव हुन् । अरु कारणहरु आजकालका मानिसमा पाइने सचेतना हो जसका कारण बढीभन्दा बढी महिलाहरु आजकाल उपचारकालागि अस्पतालमा आउने गर्छन् । विज्ञानले जीनमा गरेको प्रगती पनि अर्को कारण हो जसकारण हिजो पत्ता लगाउन नसिकिने रोगहरु आज पत्ता लगाइने गरेका छन् । लेखकसङ्ग उन्नाइस बीस बर्स उमेरका महिलाहरुलाइ स्तन क्यान्सर भनेर प्याथोलोजी रिपोर्टमा दिएको अनुभव छ ।
घातक स्तन क्यान्सर संसारभर मृत्यू हने क्यान्सरको सुचिमा फोक्सोको क्यान्सर पछि दोस्रो स्थानमा पर्छ । यसबाट प्रभावित हुनेमा उनन्सय प्रतिसत महिलाहरु पर्छन् । यो रोग वंसानुगत रुपमा आवरण हुने गर्छ । आमा, दिदी बहिनीहरुलाइ भएको खण्डमा स्तन क्यान्सर हुने सम्भावना बढि हुन्छ । बढ्दो उमेरका, छिटो महिनावारी सुरु भएका (एघार बर्ष अघि), बच्चा नजन्माएका, ढिलो उमेरमा बच्चा जन्माएका, अन्य बिनाइन गिर्खा भएका, बिकिरणको (एक्स रे, उपचारका क्रममा सेक्न पर्ने आदि ) सङ्क्रमणमा परेका, किटनासक ओषधीको मारमा परेका, मोटोपना भएका, जाँड रक्सीको सेवन गर्ने, बाक्लो स्तनको घनत्व भएका, निस्क्रिय जीवन सैली भएका, स्तनपान नगराउने महिलाहरुलाइ स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
स्तनको जाँचगर्दा स्तन सुन्नियमा, साह्रो, रातो, दुख्ने गिर्खा भएमा र गिर्खामाथिको छाला सुन्तलाका बोक्रा जस्तो भएमा (जसलाइ पिउ डि ओरेञ्ज भनिन्छ) क्यान्सर संका गर्न पर्छ । स्तन क्यान्सर भएको बिरामीको परिणाम क्यान्सरको फैलावट, आकार, प्रकारसङ्ग प्रत्यक्ष सरोकार राख्छ । अन्य अङ्गसम्म फैलिएमा, काखिको गिर्खाको आकार बढ्दै गएमा रोग बढी गम्भीर हुन्छ ।
स्तनका गिर्खाहरुलाइ अस्पतालमा भिडियो एक्स रे, कहिलेकाहि म्यामोग्राफि अनि संकास्पद गिर्खाहरुलाइ एफ एन ए सी (सुइको माध्यमद्धारा कोशिकाहरु निकाल्ने), र बायोप्सी (सानो गन जस्तो उपकरणले मासुको सानो चोक्टा निकाल्ने) गरेर अध्ययन गर्ने गरिन्छ । शरिरको जाँच, रेडियोलोजी र प्याथोलोजीको (एफ एन एसी र बायोप्सीको रिपोर्ट) आधारमा रोग पत्ता लगाउने काम गरिन्छ । रोग पत्ता सङ्गै रोगको फैलावट पनि जाँच गरिन्छ ।
नेपालजस्तो पुरुष प्रधान देशमा महिलाहरुमा गरिबी र अशिक्षा ब्यापक भएका कारण रोग लुकाउने प्रवृत्ती हावी छ । त्यसकारण अस्पतालमा महिलाहरु रोगको अन्तिम अवस्था अर्थात सबै तिर क्यान्सर फैलिएपछि आउने पनि गर्छन् । त्यस अबस्थामा क्यान्सरको रोगको प्रभावकारी उपचार गर्न प्राय असम्भव हुन्छ ।
सानो गिर्खा छ भने गिर्खामात्र काटेर फाल्दा हुन्छ । क्यान्सर फैलिएर कोखामा समेत गिर्खा बनाएको छ भने उक्त गिर्खापनि फाल्न पर्ने हुन्छ । त्यसपछि पनि सेक्नपर्ने हुन सक्छ । क्यान्सर काटेर फलिसकेपछि फालेको क्यान्सर सहितको स्तनका भाग प्याथोलोजी प्रयोगशालमा पठाइन्छ जहाँ क्यान्सरको प्रकार, आकार, तथा फैलिएको हद पत्ता लगाइन्छ । आजकाल अझ सुक्ष्म (मोलिकुलर) स्तरमा गएर क्यान्सरको प्रकार पत्ता लगाउने गरिन्छ । जसकारण पहिलाको भन्दा बढि प्रभावकारी उपचारहुन सक्छ । उक्त सुविधा नेपालमा सिमित स्थननमा मात्र छ । अझ कुनै कुरा पत्ता लगाउन भारत पठाउनेपनि गरिन्छ । त्यसकारणले पनि बिरामीहरुलाइ असुविधा, पैसा र समयको बर्बादी हुने गरेको छ ।
स्तनमा पाइने गिर्खा प्राय महिलाहरुमा हुने भएपनि पुरुषहरुमा पनि यदा कदा देखिन सक्छ । जसलाइ गाइनेकोमास्टिया भनिन्छ । उक्त रोग पुरुषको शरिरको इस्ट्रोजन हर्मोन (जसले स्तनका कोसिकाहरुलाइ उत्तेजित पार्छ) र यान्ड्रोजन हर्मोन (जसले उक्त कार्यको प्रतिवाद गर्छ ) दुइको गडबढी भएमा हुने गर्छ । सामान्यतया किशोरावस्थामा यो समस्या हुने गर्छ । अन्य पुरुषहरुलाइपनि सिरोसिस (कलेजोको फाइब्रोसिस) भएको अबस्थामा वा औषधी जस्तै स्टेरोइड तथा गाँजा, हिरोइन इत्यादि कुलतको प्रयोगले गर्दा हुन्छ । यि भन्दा महत्वपुर्ण कारण अत्याधिक जाँड रक्सीको सेवन हो जसले सिरोसिस पनि गराउन सक्छ । पुरुषको स्तन बढ्नुको कारण टेस्टिसको एक प्रकारको क्यान्सरका कारणलेपनि हुन सक्छ तर यो हुने सम्भावना निकै कम छ ।
नेपालमा स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सर पछि सर्वाधिक बढि देखिने गर्छ । उत्तिकै मात्रामा क्यान्सरले ज्यानपनि लिने गरेको छ । त्यसैले विशेष गरेर महिलाहरु स्तनमा हुने गिर्खा देखि सजग हुन पर्छ । हरेक महिलाले आफै बेलाबेलामा स्तन छामेर निगरानी गर्न आवस्यक छ । गिर्खा आएको अवस्थामा डाक्टरको सल्लाह सुझाब अनुसार उपचार गर्न पर्छ । को कसलाइ कहिले स्तन क्यान्सर लाग्नसक्छ सामान्यतया निस्चित छैन तर सावधानी अपनाएर परिमार्जनयोग्य सुझावहरुलाइ ग्रहण गरेर, नियमित आफ्नो स्तनको जाँच गरेर यो क्यान्सरको निदान र उपचार गर्न सकिन्छ । घातक गिर्खाआएको अवस्थामा समयमै उपचार गर्यो भने क्यान्सर पुर्णतया निको हुन सक्छ ।