राष्ट्रियसभा निर्वाचन : १८ पदमा ४४ जनाको उम्मेदवारी (सूचीसहित)

Yangle News
Yangle News
२०८२ पुस २३ गते
राष्ट्रियसभा निर्वाचन : १८ पदमा ४४ जनाको उम्मेदवारी (सूचीसहित)

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । १८ पदमा हुने निर्वाचनका लागि बुधबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दिएका हुन् ।

राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसकेन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । भागबण्डा नमिल्दा तालमेलको निर्णयबाट पछि हटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकताको समझदारी भइसकेको छ । सुरुआतमा जसपा नेपाल नै गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा जसपा नेपालले आफ्ना छुट्टै तीन उमेदवार उठाएको छ । महन्थ ठाकुरलाई भने सहयोग गर्ने निर्णय जसपा नेपालको छ ।

कोसी प्रदेशतर्फको अन्य क्लष्टरमा नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध निर्वाचित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे मनोनयनमा अनुपस्थित भएपछि उनी निर्विरोध भएका हुन् ।

सूची :

Yangle News

Yangle News

Yangle News