हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति ?

Yangle News
Yangle News
२०८२ पुस १८ गते
हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति ?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (CANN)ले हवाई भाडामा लाग्ने ‘इन्धन शुल्क’ समायोजन गरेको छ । निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ कटौती गरेसँगै विभिन्न गन्तव्यको हवाई भाडा घट्न पुगेको हो ।

परिमार्जित भाडादरअनुसार काठमाडौंबाट हुने उडानमध्ये सबैभन्दा लामो दुरीमा रहेको धनगढीको भाडा २६५ रुपैयाँले घटेको छ । धनगढीका लागि यसअघि ५ हजार ९२० रुपैयाँ रहेको इन्धन शुल्क अब ५ हजार ६५५ रुपैयाँ कायम भएको छ। यस्तै, पर्यटकीय आकर्षणको रूपमा रहेको माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटेको छ ।

क्षेत्रीय उडानतर्फ पनि भाडामा उल्लेख्य गिरावट आएको छ । जनकपुर-धनगढी रुटमा ३३० रुपैयाँ र जनकपुर-नेपालगन्ज रुटमा २७० रुपैयाँ भाडा कम भएको छ । छोटो दुरीको काठमाडौं-सिमरा उडानमा भने ५५ रुपैयाँ भाडा घटेको छ ।

समायोजित भाडादर :

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News

Yangle News