नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । महासचिव शंकर पोखरेललाई लिएर ओली सोमबार दिउँसो देउवाको अस्थायी निवास महाराजगञ्ज पुगेका हुन् ।
भेटमा संसद पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनको तयारीका साथै समसामयिक राजनीतिक परिस्थितबरे छलफल भएको बताइएको छ । सो अवसरमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओली र महासचिव पोखरेललाई देउवाले बधाईसमेत दिएका थिए ।
यसअघि मंसिर १० गते पनि एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए । देउवा-ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो ।