‘एन्फा वुमन्स च्याम्पियनसिप’को खेल तालिका सार्वजनिक

Yangle News
Yangle News
२०८२ मंसिर २९ गते
‘एन्फा वुमन्स च्याम्पियनसिप’को खेल तालिका सार्वजनिक

एन्फा वुमन्स च्याम्पियनसिप नकाउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसमा आज सार्वजनिक भएको खेल तालिकाअनुसार उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र एफसी रियालेले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल उदयपुरको थरुहट रंगशालामा आगामी माघ ३ गते मध्याह्न १२ बजे हुनेछ ।

प्रतियोगितामा पुलिससँगै अर्को विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, संकटा एफसी, न्युरोड टिम (एनआरटी), गाईघाट एफसी, छाहरी युथ क्लब, आरएस रिसोर्ट र एफसी रियाले गरी कुल १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता माघ ३ देखि १० गतेसम्म हुने एन्फाले जनाएको छ ।

Yangle News