श्रमविना परिवर्तन सम्भव छैन : हर्क साम्पाङ

Yangle News
Yangle News
२०८२ मंसिर ७ गते
श्रमविना परिवर्तन सम्भव छैन : हर्क साम्पाङ

श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले श्रमविना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको बताएका छन् ।

भोजपुर टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले यस्तो बताएका हुन् । उनले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको पनि बताए ।

उनले देशको जनशक्ति नै युवा शक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा जोड दिए । उनले भने, ‘युवाले आफूहरू कसरी र कोबाट परिचालन भइरहेका छौं भन्ने बुझ्न आवश्यक छ ।’

युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको पनि बताए ।