चलचित्र ‘लोकन्ती’को प्रदर्शन मिति घोषणा

Yangle News
Yangle News
२०८२ मंसिर ६ गते
चलचित्र ‘लोकन्ती’को प्रदर्शन मिति घोषणा

चलचित्र ‘लोकन्ती’को प्रदर्शन मिति घोषणा भएको छ । उक्त चलचित्र यही मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

चलचित्रको प्रदर्शन मितिसँगै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सुक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर चलचित्र तयार गरिएको निर्माण पक्षले जनाएको छ ।

रञ्जित रानाले निर्देशन गरेको चलचित्रमा एसराज गराच मुख्य भूमिकामा छन् । ‘लोकन्ती’ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्नेछ ।

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । चलचित्रमा एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अभिनय छ । विमला लिम्बू, कुमार न्यौपाने, विकाश अधिकारीलगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।