दृष्टिविहीन महिला टी-२० विश्वकप : नेपाल ‘अन्तिम ४’ मा

Yangle News
Yangle News
२०८२ कार्तिक ३० गते
दृष्टिविहीन महिला टी-२० विश्वकप : नेपाल ‘अन्तिम ४’ मा

अमेरिकाविरुद्ध १० विकेटको सानदार जित निकाल्दै नेपाल दृष्टिविहीन महिला टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि श्रीलंका र अस्ट्रेलियलाई पराजित गरेको नेपालले भारतसँग हार बेहोरेको थियो ।

आइतबार अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य नेपालल चार बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् ।

त्यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटियो । यो दृष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल हो । यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध बनाएको २१ रन दृष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल थियो ।

अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले एक विकेट लिए ।