‘एन्फा प्रेसिडेन्ट लिग’को विजेतालाई १० लाख

Yangle News
Yangle News
२०८२ कार्तिक १७ गते
‘एन्फा प्रेसिडेन्ट लिग’को विजेतालाई १० लाख

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हेटौंडामा ‘एन्फा प्रेसिडेन्ट लिग’ बुधबारदेखि सुरु हुने भएको छ ।

एन्फाले आज पत्रकार सम्मेलन गरेर लिगबारे जानकारी गराएको हो । एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । उनका अनुसार गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब(काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब कास्कीको सहभागिता निश्चित भएको छ ।

प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुने एन्फाले जानकारी गराएको छ । सेमिफाइनलका चार टोलीले राष्ट्रिय लिगका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टोलीलाई तयारी खर्चबापत ७ लाख रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार रुपैयाँ बजेट रहेको छ ।

Yangle News