महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
मेयर शाहले नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धताको आवश्यकता पर्ने बताएका छन् । ‘नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिबद्धता र सोहीबमोजिम क्रियाशिलता आवश्यक हुन्छ,’ मेयर शाहले भने ।
यसअघि प्राप्त साथ, सहयोग र समन्वयका लागि मेयर शाहले धन्यवाद ज्ञापन गरे । उनले भने, ‘महानगरवासी, नागरिक समाज, विभिन्न तहका नीजि क्षेत्र, महानरगरका जनप्रतिनिधि तथा कर्मचारीको सक्रिय सहभागीता अपेक्षा गर्दै हालसम्म प्राप्त साथ, सहयोग र समन्वयका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ मेयर शाहले भनेका छन् ।
नीति तथा कार्यक्रम :