मलेसिया सरकारको श्रमसम्बन्धी नयाँ मापदण्डप्रति व्यवसायी असन्तुष्ट

Yangle News
Yangle News
२०८२ कार्तिक १७ गते
मलेसिया सरकारको श्रमसम्बन्धी नयाँ मापदण्डप्रति व्यवसायी असन्तुष्ट

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको नयाँ मापदण्डमा असहमति जनाएको छ ।

संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले ल्याएको म्यानपावरबारेको नयाँ मापदण्ड व्यावहारिक नभएको बताए । आफ्ना असहमति राखेपछि सरकारले आवश्यक राय मागेकाले छिट्टै भेला राखेर आफ्नो राय संकलन गरिने उनले बताए ।

केही दिनअघि मलेसिया सरकारले श्रमिकका लागि १० बुँदे मापदण्ड तय गरेको थियो । जसमा इजाजतपत्र लिएको कम्तीमा पाँच वर्ष भएको हुनुपर्ने, पछिल्लो तीन वर्षमा तीन हजार श्रमिक पठाएको अनुभव र प्रमाण, एजेन्सीहरूले पछिल्ला पाँच वर्षभित्र कम्तीमा तीन देशमा श्रमिक पठाएको, सम्बन्धित निकायबाट तालिम, मूल्यांकन, भर्ती र कामदार पठाउनेसम्बन्धी सबै वैध अनुमति प्राप्त गरेको हुनुपर्ने र आफ्नो देशका सम्बन्धित निकायबाट जारी गरिएको सदाचार (गुड कन्डक्ट सर्टिफिकेट) प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने लगायत मापदण्ड तोकेको थियो ।

नेपाल सरकारले मलेसियाको नयाँ श्रमसम्बन्धी मापदण्डबारेको विषय कूटनीतिक संवादबाट टुंगो लगाउने तयारी गरेको छ ।