नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन हूँदै

Yangle News
Yangle News
२०७९ कार्तिक ३ गते
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन हूँदै

गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने कार्यक्रम छ ।

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २.३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने भएको छ । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम हुनेछन् ।समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

प्रतियोगिता समापन अघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुने छ । प्रतियोगिताको फाइनल खेल  विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने छ ।

नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन्। केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ ।

268 views