सगरमाथा आधार शिविरनजिकै हेलिकोप्टर दुर्घटना

Yangle News
Yangle News
२०८२ कार्तिक १२ गते
सगरमाथा आधार शिविरनजिकै हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविरनजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल छन् । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको बताइएको छ ।

Yangle News