प्रहरीले काठमाडौं महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित एकजना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक च्याओ याङ र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
उनले भने, ‘स्रोत नखुलेको रकमसहित एकजना चिनियाँ र एकजना नेपाली गरी दुईजनालाई पक्राउ गरिएको छ । उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।