बाढीले इलामका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

Yangle News
Yangle News
२०८२ अशोज १९ गते
बाढीले इलामका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द

इलाममा सञ्चालनमा रहेका १३ जलविद्युत आयोजनको उत्पादन बन्द भएको छ । हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका आयोजना बन्द भएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द रहेका छन् । निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पुर्‍याएको छ ।

इलामकै निर्माणाधीन सिद्धिखोला हाइड्रोपावरमा पनि बाढीले क्षति पुगेको छ । यो आयोजनाको १० दिनमा हुने भनेको सीओडी अनिश्चत बनेको छ ।

सिन्धुपाल्चोक र पाँचथरका दुई/दई आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ । अब यी आयोजनाको उत्पादन ढिलाई हुने इप्पानले जनाएको छ । इप्पानका अनुसार यी आयोजनामा पावरहाउस, कल्भर्ट, हेडवर्क्स, प्रसारणलाइन तथा पावरहाउसमा पानी पसेर क्षति पुगेको हो ।

सूची :

Yangle News

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा बाढीका कारण जलविद्युत् क्षेत्रले अर्बौं नोक्सानी बेहोरिरहेको छ । नदी र खोलाभित्रै जलविद्युत् आयोजनाहरू हुने भएकाले उच्च जोखिममा रहने गर्छन् । गत असार २३ र असोज ११ र १२ गतेको जस्तै २०८० असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत् आयोजनामा क्षति हुँदा ८ अर्ब ८४ करोडभन्दा बढी नोक्सानी भएको थियो ।

बाढीपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठुलो मारमा पर्नुको साथै अर्बौं लगानी जोखिममा परेको थियो ।