लामो दूरीका यातायात तीन दिनका लागि बन्द

Yangle News
Yangle News
२०८२ अशोज १८ गते
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
फाइल तस्बिर।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शनिबारदेखि तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो ।

‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको छ,’ प्राधिकरणद्वारा आज जारी सूचनामा भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायमार्फत यसको अनुगमन र कारबाही गर्न पनि प्राधिकरणले भनेको छ ।

सूचना :

Yangle News