महोत्तरी बस दुर्घटना : २ जनाको मृत्यु, ४० घाइते

Yangle News
Yangle News
२०८२ अशोज १७ गते
महोत्तरी बस दुर्घटना : २ जनाको मृत्यु, ४० घाइते

महोत्तरीको बर्दिबास नगरपालिका-११, खयरमारामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

खयरमाराबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण माविनजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास-१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर-१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए ।

दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । उनका अनुसार घाइतेहरुको नाम, ठेगाना र अवस्था लगायतका विस्तृत विवरण संकलन भइरहेको छ ।