मुख्य सडकहरूमा निर्वाध रूपमा गाडी सञ्चालन

Yangle News
Yangle News
२०८२ अशोज ११ गते
मुख्य सडकहरूमा निर्वाध रूपमा गाडी सञ्चालन
फाइल तस्बिर।

यतिबेला देशभरका मुख्य सडकहरूमा निर्वाध रुपमा गाडी सञ्चालन भइरहेको छ । पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको मुग्लिन-नारायणगढ सडकमा पनि दुईतर्फी गाडी चलिरहेको छ ।

अस्ति बिहीवार राति पहिरो पन्छाएपछि खासै समस्या नदोहोरिएको मुग्लिन प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौं भित्रिने र बाहिरिने सबै सडकहरुको अवस्था सामान्य रहेको छ । दशैंमा ओहोरदोहोर गर्ने यात्रुले सहज रुपमा यात्रा गरिरहेका ट्राफिक प्रहरीको भनाइ छ । तर बेलाबेला पानी परिरहेको र मुग्लिन-नारायणगढ लगायतका सडकमा सुक्खा बेला पनि पहिरो खस्ने जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस्तै सडक विभागले काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । तोकिएको भाडादरभन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही हुने विभागले चेतावनी दिएको छ ।